Author: Himalaya Post

राष्ट्रियसभाबाट दुई विधेयक स्वीकृत

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । त्यसैगरी ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ । ती दुई विधेयक प्रधानमन्त्री एवं गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सभामा प्रस्तुत गरेकी थिइन । सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसद सुरेशकुमार आले मगर, पदमबहादुर परियार र खम्बबहादुर खातीले भाग लिएको थियो । छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले अपाङ्गता भएका व्यक्ति र पिछडिएका क्षेत्रको विषयमा सरकार गम्भीर रहेको उल्लेख गरे । राष्ट्रियसभाको अर्को बैठक...

Read More

प्रधानमन्त्रीको धारणा सुन्न जनता आतुर छन् : पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति डा रामवरण यादवले मुलुकलाई अघि बढाउने योजना प्रधानमन्त्रीबाट सुन्न जनता आतुर रहेको बताए । नेपाल प्रेस युनियनको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति यादवले राष्ट्रको आगामी दिशा, गणतन्त्र, लोकतन्त्र, संघीयता, समावेशी र संघर्षको उपलव्धी लगाएतका बिषयमा प्रधानमन्त्रीको धारणा सुन्न जनता आतुर रहेको बताएको हो । अहिलेसम्म संसदबाट पनि सम्बोधन नभएको अवस्थामा गणतन्त्र दिवसको मञ्च टुँडिखेलबाट प्रधानमन्त्रीले जनतालाई सम्बोधन गर्नुपर्ने उहाले बताए । उनले संसदीय प्रणालीमा संसदबाट निर्वाचित प्रधानमन्त्रीले संसदमा समेत आएर सम्बोधन गर्नुपर्ने उल्लेख गरे । पूर्वराष्ट्रपति यादवले संविधान, संघीयता सहित समावेशी, समानुपातिक सहित धर्मनिरपेक्षताको बारेमा धेरै टिकाटिप्पणी भइरहेको अवस्थामा लोकतन्त्र र गणतन्त्रलाई सवलीकरण गर्ने गरि...

Read More

वैदेशिक रोजगारीका लागि नयाँ श्रम  स्वीकृति लिनेको सङ्ख्या घटे

काठमाडौँ-  वैदेशिक रोजगारमा जाने नेपाली कामदारको नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या घटेको छ भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या वृद्धि भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षण २०८२ ८३ को तथ्याङ्कअनुसार वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या १३।७ प्रतिशतले सङ्कुचन भई दुई लाख ७३ हजार ५३० रहेको देखाएको हो । त्यसैगरी यस आर्थिक अवधिमा वैदेशिक रोजगारमा जान पुनःश्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या १५।९ प्रतिशतले वृद्धि भई दुई लाख ५१ हजार ९८३ पुगेको छ । यस अवधिमा नयाँ र पुनः श्रम स्वीकृति लिने कामदारको सङ्ख्या पाँच लाख २५...

Read More

प्रतिपक्षीको विरोधबीच कोशीको नीति तथा कार्यक्रम पारित

काठमाडौं – संशोधनको समय नदिई नीति तथा कार्यक्रम पारित गरेको भन्दै प्रतिपक्षी दलका सांसदहरुले कोशी प्रदेश सभामा विरोध जनाएका छन् । बुधबार बसेको कोशी प्रदेश सभामा प्रतिपक्षी दलका सांसदहरुले प्रक्रिया पुरा नगरि नीति तथा कार्यक्रम गरेको भन्दै विरोध जनाएका हुन् । विरोधकाबीच कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले कार्यसुचीमा रहेका कार्यक्रमलाई अघि बढाउन खोजेपनि प्रतिपक्षी सांसदहरुले रोष्टम घेराउ गर्दै नारावाजी गरेका थिए । सो क्रममा केहि सांसदहरुले रोस्ट्रमको माइक खोस्ने प्रयास गरेपछि मर्यादापालकले रोकेका थिए । विरोधकाबीच सभामुख विष्टले संशोधनको समय नदिएको नभइ संशोधन नआएपछि प्रक्रिया अघि बढाएर नीति तथा कार्यक्रम पारित गरिएको बताउनुभयो । उहाले नीति तथा कार्यक्रम पारित...

Read More

मुख्यमन्त्री बानियाँद्वारा सुशासन, कृषि र प्रविधिमैत्री सेवामा केन्द्रित नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौं- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि पारदर्शी तथा प्रविधिमैत्री सेवा प्रवाह, सार्वजनिक खर्च न्यूनीकरण, कृषि आधुनिकीकरण, सुलभ स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। मंगलबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पेश गरेको सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रस्तुत गरेका हुन्। प्रदेश सरकारले आगामी आर्थिक वर्षमा आर्थिक अनुशासन कायम गर्दै उत्पादनमुखी अर्थतन्त्र निर्माण, रोजगारी सिर्जना तथा सार्वजनिक सेवा सुधारलाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ। नीति तथा कार्यक्रममा विकास निर्माणलाई परिणाममुखी बनाउने, खर्च कटौती गर्दै उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्ने तथा सुशासन अभिवृद्धि गर्ने लक्ष्य...

Read More