Author: Himalaya Post

नयाँ कुमारी तृष्णा शाक्य

काठमाडौं,  ११-असोज /  यही महाअष्टमीको दिन तृष्णा शाक्यलाई विधिवत् कुमारी देवीका रुपमा प्रतिस्थापन गरिने भएको छ। गणतन्त्र स्थापनापछिको पहिलो कुमारी मतिना शाक्यको उमेर १२ वर्ष पुगेकाले उनको ठाउँमा राजधानीको ओमबहालकी तृष्णा शाक्यलाई कुमारी छनोट गरिएको हो। तीन वर्ष उमेरमा कुमारी भएकी मतिनालाई अष्टमीकै दिन राजकीय सम्मानका साथ ‘कुमारी घर’ बाट विदाइ गरिनेछ। उनको ठाउँमा प्रतिस्थापन हुने नयाँ कुमारी तृष्णा शाक्यले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। गुठी संस्थान सञ्चालक समितिको यही सोमबार बैठकको निर्णयअनुसार कुमारी छनोट गरिएको हो। राष्ट्रपतिसँगको भेटका अवसरमा गुठी संस्थानका अध्यक्ष, प्रशासक, कुमारी घरसँग सम्बन्धित व्यक्तिको उपस्थिति थियो। बालिकालाई शक्तिको स्रोत मान्दै देवीका...

Read More

विश्वकै अग्लो सडक-सुरुङ मार्ग खुल्यो

सहायक सडक पार गर्न भूक्षय, बफिर्लो हावा र अस्थिर हिउँ छिचोल्नु पर्छ काठमाडौं, ११-असोज /  विश्वकै अग्लो स्थानमा निर्मित सडक-सुरुङ मार्ग चीनले मंगलबारदेखि सञ्चालनमा ल्याएको छ । सिचुवान प्रान्तको चार हजार मिटर उचाइमा उक्त मार्ग निर्माण भएको हो । उक्त मार्गको निर्माणका लागि १५ वर्ष लागेको अधिकारीहरुले बताएका छन् । उक्त मार्ग क्विनघाई-तिब्बती पठारको चोला पहाड छेडेर बनाइएको हो । सात किलोमिटर लामो सुरुङका लागि पाँच किमि लम्बाइको सहायक मार्ग निर्माण गरिएको छ । तिब्बती भाषामा चोलाको अर्थ त्यसभन्दा माथि चिलहरु पनि उड्न सक्दैनन् भन्ने हुन्छ । ६ हजार एक सय ६८ मिटर उचाइको उक्त पहाडमा वर्षका आठ महिना...

Read More

दशैँकाे टीकामा मात्रै झण्डै सवा दुई लाख किलाे चामल खेर जाँदै

काठमाडौँ, १०-असोज /  निधारभरी रातो अक्षताको टीका र शिरमा जमरा नलगाए सम्म दशैँ माने जस्तै लाग्दैन चितवनकी निसा पौडेललाई । हिन्दुहरुको सबै भन्दा ठुलो पर्वको रुपमा दशैँलाई मान्ने गरिन्छ । बर्ष दिनमा आउने दशैँमा टीका जमरा नलाइ कसरी बस्नु, निसा भन्छिन् । निसा जस्तै धादिङ्का मनोज छतकुली पनि नयाँ कपडा लगाउने, मिठो खाने र टिका जमरा नलगाए सम्म दशैँ माने जस्तै नलाग्ने बताउँछन् । नेपालको कूल जनसंख्या २ करोड ६४ लाख मध्ये झण्डै २ करोड १५ लाख अर्थात कूल जनसंख्याको ८२ प्रतिशत मानिस हिन्दुधर्म मान्छन् । झण्डै २४ लाख जनसंख्याले बौद्धधर्म मान्ने गरेको नेपालको जनगणना २०६८ को तथ्यांकले देखाएको केन्द्रिय तथ्यांक विभागका सन्चार प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए । निसा र मनोज जस्तै नेपालका ८२ प्रतिशत हिन्दुधर्मावलम्बिहरुले परम्परा स्वरुप दशैँमा अनिवार्य रुपमा चामलको अक्षताको टीका र जमरा लगाउने लगाउने गर्छन् । कतिपय बौद्ध धर्म मान्नेहरुले समेत दशैँमा टीका लगाउने गर्छन । चामलमा दहि र अविर मिलाएर बनाइएको अक्षताको टीका निधारै छोपिने गरि लगाएको दशैँमा देख्न सकिन्छ । टीका लगाउनकै लागि हरेक परिवारले कम्तिमा पनि एक मानो चामल छुट्याउने गरेका हुन्छन् । जुन दशैँको दशमी देखि पूर्णिमा सम्म प्रयोग गर्ने गरिन्छ । दशैँको शुरुको दिन घटस्थापना देखिनै देवीको पुजामा पनि अक्षताले नै पुजा गर्ने परम्परा छ । ९ दिन सम्म देवीको पुजाका लागि अविरमा मुछेर चामलको अक्षता प्रयोग गर्ने गरिन्छ । दशैँमा नवदुर्गाको पुजा आराधना गरिने र त्यसको प्रसादको रुपमा मान्यजनको हातबाट आशिरवचन सहित टीका थाप्ने संस्कृति रहेकाले अनिवार्य रुपमा...

Read More

दशैं अवधिभर यात्रुवाहक गाडीलाइ रुट परमिट नचाहिने

काठमाण्डौं, १०-असोज / दशै‌मा घर जाने यात्रुको चापलार्इ मध्यनजर गर्दै सरकारले यात्रुबाहक बसलार्इ रुट परमिट फ्री गरेको छ। भौतिक योजना तथा पूर्वाधार मन्त्रालयले असोज ११ गते फुलपाति देखि १९ गते कोजाग्रत पूर्णिमाका दिनसम्म यात्रुवाहक बस वीपी राजमार्गबाहेक देशभर जुनसुकै रुटमा पनि चल्न पाउने निर्णय गरेको हो। फुलपातीदेखि सरकारी र नीजि कार्यालय बन्द हुनुका साथै घर जाने यात्रुको संख्या अत्याधिक हुने भएकाले रुट परमिट फ्री गरिएको भौतिक योजना मन्त्री वीरबहादुर बलायरले बताए। काठमाण्डौं बाहिर जाने यात्रुहरुले गाडी नपाएको गुनासो बढेकाले थप गाडीलार्इ रुप परमिट आवश्यक नपर्ने निर्णय गरिएको उनले बताए।   सरकारले फूलपातीदेखि यात्रुहरुलार्इ मध्यनजर गर्दै ३०० गाडीको समेत व्यवस्था गरेको...

Read More

मन्त्रीकै निर्देशनमा खुल्यो दरबारमार्गका पसल, व्यवसायीलाई भएन कारबाही

काठमाडौं, १०-असोज /  उपभोक्तालाई ठगेको आरोपमा २० दिनअघि सिल गरिएका दरबारमार्गका विभिन्न व्यवसायिक फर्मलाई बिनाकारबाही छाडिएको भन्दै उपभोक्तावादीले विरोध जनाएका छन् । मन्त्री र उनीनिकट व्यक्तिले चलखेल गरेर व्यावसायिक फर्मलाई उन्मुक्ति दिएको उनीहरुको आरोप छ । आपूर्तिमन्त्री शिवकुमार मण्डल र आपूर्ति व्यवस्था विभागका महानिर्देशक कुमार दाहालको टोलीले २० दिनअघि अनुगमन गर्दा उपभोक्तालाई ठगी गरेको पाइएपछि ती फर्ममाथि सिल गरिएको थियो ।   मन्त्री मण्डलले ती फर्मलाई सिल गर्दै कालोबजारी ऐनअनुसार कारबाही गर्ने प्रतिवद्धता जनाए पनि कारबाहीबिनै सोमबारदेखि सञ्चालन गर्न निर्देशन दिएका हुन् । स्रोत : अन्नपूर्ण पोस्ट...

Read More