Author: Himalaya Post

संयुक्त राष्ट्रसंघ महासभामा भाग लिएर फर्किए देउवा

काठमाडौँ, १३-असोज /  प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिई बिहीबार स्वदेश फर्किएका छन् । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा भएको महासभामा भागलिएपछि प्रधानमन्त्री देउवा ओमनको औपचारिक भ्रमण समेत पुरा गरी बिहीबार अबुधावी हुँदै स्वदेश फर्किएका हुन उनलार्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ, मन्त्रीगण, मुख्यसचिव, सुरक्षा निकायका प्रमुख र उच्च पदस्थकर्मचारीले स्वागत गरेका थिए । प्रधानमन्त्री देउवालाई नेपाली सेनाको एक टुकडीले सम्मान गारथ अर्पण गरेको थियो । स्वदेश फर्केपछि विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले आफूले महासभालाई सम्बोधनका क्रममा नेपालको नयाँ संविधान, हालै सम्पन्न स्थानीय तहको निर्वाचनलगायतका विषयमा अन्तर्राष्ट्रिय...

Read More

नारायणगढ-मुग्लिन सडकमा १८ वटा नयाँ पुल बन्ने

चितवन, १३-असोज /  नारायणगढ-मुग्लिन सडकखण्डको हाल पुल भएका स्थानमा आउँदो दुई वर्षभित्र १८ वटा नयाँ पुल बनाइने भएको छ । सो सडक खण्डमा हाल रहेका पुल साँघुरा र जीर्ण छन् । सडक विभागको वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठका अनुसार चार पुलको आउँदो एक महिनाभित्र ठेक्का सम्झौता हुने छ । उनका अनुसार बोलपत्र भइसकेका ती पुलको ठेकेदार चयनपछि निर्माणको काम अघि बढ्ने छ । अन्य १४ पुलका लागि नक्शांकनको काम भइरहेको छ । महाशाखा प्रमुख श्रेष्ठले भने, ‘डिजाइन एण्ड बिल हुँदैछ । एक आधा महिनामा काम सकेर टेण्डरमा जान्छौँ ।’ हाल ठेक्का भइसकेका चार पुलमा नारायणगढबाट १२ किमी दासढुंगा, १६...

Read More

दशैंमा इन्धन अभाव नहुने नेपाल आयल निगमको प्रतिबद्धता

काठमाडौं, ११-असोज /  नेपाल आयल निगमले दशैंको अवधिमा इन्धन अभाव नहुने प्रतिबद्धता जनाएको छ । पर्याप्त भण्डारण रहेको र आपूर्ति पनि सहज भएकाले आपूर्ति सहज हुने निगमको भनाइ छ । ‘दशैंको माग धान्नेगरी विभिन्न डिपोमा पर्याप्त सञ्चिती छ,’ निगमका कार्यकारी निर्देशक प्रेमप्रसाद आचार्यले भने । उनका अनुसार निगमका हरेक डिपोमा पूर्ण क्षमताको उपयोग गरेर पर्याप्त मौज्दात राखिएको छ । निगमले मुलुकभरका विभिन्न १५ वटा पेट्रोलियम डिपोमा क्षमताअनुसार सञ्चित गरिएको बताएको छ । आइतबारसम्ममा पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मौज्दात ३९ हजार चार सय ४६ किलोलिटर छ । एक किलोलिटरमा एक हजार लिटर हुन्छ । पेट्रोल पाँच हजार दुई...

Read More

प्रदेश २ मा धाँधली गरेर एमालेलाई हराइयो : झलनाथ खनाल

काठमाडौं, ११-असोज /  नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले दुई नम्बर प्रदेशको निर्वाचनमा सरकारले धाँधली गरेर एमालेलाई हराएको आरोप लगाएका छन् । नेकपा एमाले काठमाडौं महानगरपालिका वडा नम्बर १५ इकाई कमिटीले बुधबार गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले दुई नम्बर प्रदेशको निर्वाचनमा एमालेलाई प्रवेशै हुन नदिने ढंगले सरकारले धाँधली गरेको बताए ।   पहिलो र दोस्रो चरणमा पहिलो पार्टीको रुपमा आफूलाई जनतामाझ स्थापित गराउन सफल भएको एमालेलाई तेश्रो चरण अन्र्तगत दुई नम्बर प्रदेशमा भएको स्थानीय तहको निर्वाचनमा प्रवेशै हुन नदिने षडयन्त्र सरकारले गरेको उनको भनाइ छ । आफ्ना उम्मेदबारको घर घरमा बम विष्फोट...

Read More

दशैंको सातौँ दिन आज फूलपाती भित्र्याइँदै

काठमाडौँ (रासस) ११-असोज /  बडादशैँअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती आज घरघरमा भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघरमा उखु, हलेदो, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र र अन्य नयाँ पालुवासमेत भित्र्याउने गरिन्छ । हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दशैँघरका पुजारीसहित मगर जातिका छ जनाले फूलपाती ल्याउने र जीवनपुरदेखि जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ । जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्याण्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने परम्परा छ ।...

Read More