Author: Himalaya Post

कोमल ओली ‘पोइल’ जाने, के गर्लान् रेखा र करिश्मा ?

काठमान्डौ, १०-असोज / नेपाली समाजमा एउटा श्रीमान्लाई छाडेर अर्काे व्यक्तिसँग विवाह गर्नुलाई ‘पोइल गएको’ भनिन्छ । त्यसैगरी राजनीतिमा पनि एउटा पार्टी छाडेर अर्काे पार्टीमा लाग्नुलाई ‘पोइल गएको’ भन्ने गरिन्छ । हरेक वर्ष तिजका गीतमा ‘पोइल जाने’ विषय राखेर एल्बम निकाल्दै आएकी कोमल ओली अहिले राजनीतिक वृत्तमा चर्चामा छिन् । तीन वर्षअघि ‘पोइल जान पाम् शिव पोइल जान पाम्’ भन्ने बोलको तिज गीतका कारण विवादित बनेकी कोमल अब राप्रपालाई छाडेर एमालेसँग ‘पोइल जाने’ भएकी छिन् । भनिन्छ, कलाकार राष्ट्रका गहना हुन् । यो भनाइ अब नेपालका सन्दर्भमा पुरानो हुँदै गएको आभाष हुन थालेको छ । केही कलाकारको सन्दर्भलाई लिएर सबैलाई एउटै...

Read More

१३२ स्थानीय तहको मतपरिणाम सार्वजनिक, कहाँ कसले जिते? (सूची सहित )

काठमान्डौ, ९ असोज / असोज २ गते भएको स्थानीय तह निर्वाचनको जारी मतपरिणाम अनुसार अहिलेसम्म १३२ तहको मतपरिणाम सार्वजनिक भएको छ। एक सय ३६ तहमध्ये अब ५ स्थानीय तहको अन्तिम मतपरिणाम आउन बाँकी छ। बाँकी तहमा मतगणना जारी छ। अहिलेसम्म नेपाली कांग्रेस ३८ स्थानीय तहमा विजयी भएको छ। नेकपा एमाले १८ तहमा विजयी भएको छ। नेकपा माओवादी केन्द्र २१, संघीय समाजवादी फोरम २५, राजपा २४, लोकतान्त्रिक फोरम ३ र अन्य दल तीन तहमा विजयी भएका छन्। कांग्रेसले जितेका स्थानीय तह १. औरही गाउँपालिका, धनुषा २. जनकनन्दिनी गाउँपालिका, धनुषा ३. नवराजपुर गाउँपालिका, सिराहा ४. बिष्णुपुर गाउँपालिका, सप्तरी ५. धनकौला गाउँपालिका सर्लाही...

Read More

दाङमा केन्द्रिय सदस्य सहित १५ सय एमालेमा प्रबेश

घोराही, ९ असोज / बिभिन्न पार्टीका केन्द्रिय सदस्यहरु सहित जिल्ला स्तरका नेताहरु नेकपा एमालेमा प्रबेश गरेका छन् । नेकपा एमाले दाङले सोमबार घोराहीमा एक कार्यक्रमको आयोजना गरि विभिन्न पार्टीका केन्द्रीय सदस्यहरु सहित नेताहरु एमालेमा प्रबेश गरेका हुन् । एमाले प्रबेश गर्नेहरुमा राप्रपाका केन्द्रिय सदस्य कोमल ओली, नयाँ शक्ति पार्टीका केन्द्रिय सदस्य निर्मला बिक, नेपाली कांग्रेसका जिल्ला सदस्य डिल्लीबहादुर खड्का, कांग्रेसकै नेता बलिभद्र राना, राप्रपाका जिल्ला सचिब यामेन्द्र वली, सोही पार्टीमा मानबहादुर गोल्डस्मीथ, बलिभद्र वली, विकास पुन लगाएतका व्यक्तिहरु रहेका छन् । राप्रपाबाट एक सय बिस, नयाँ शक्तिबाट २ सय ३७, कांग्रेस, माओबादी केन्द्र लगाएतका पार्टीहरुबाट गरि करिब १५ सय बढी...

Read More