काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद सम्बन्धि र राजनैतिक दल सम्बन्धि दुई अध्यादेश जारी हुनु आपत्तिजनक कदम र गैह्र जिम्मेवार प्रवृत्ति भएको बताएको छ ।


ADVERTISEMENT


सोमबार एक विज्ञप्ती जारी गर्दै कांगैस सभापति शेरबहादुर देउवाले कोरोनाको संक्रमणसंग नेपालमात्रै होइन, पुरै विश्व एक भएर लडिरहेको अवस्थामा यस्ता विधेयक जारी गरिनुले सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको पुष्टि भएको दाबी गरेका छन् । उनले सरकारको सिफारिसमा राष्ट्रपतिमार्फत जारी भएका ती दुई विधेयकप्रति नेपाली कांग्रेसको गम्भीर असहमति रहेको बताएका छन् ।


ADVERTISEMENT

# # #


कोरोनाविरुद्ध जित्न लागि कांग्रेसले सबै खाले विमति र आग्रहहरुबाट माथि उठेर सरकारलाई हरसम्भव सघाउँदै आएको तर सरकार यस्तो बेला पनि सरकारले सत्ताको उन्माद प्रस्तुत गर्नु बेमौसमी बाँसुरी भएको बताएका छन् । ‘यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो ।’ उनले भनेका छन्, ‘यो घडी सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो र यो ‘बेमौसमी बांसुरी’ हो ।

सम्बन्धित समाचार
– राष्ट्रपति भण्डारीद्वारा सरकारले सिफारिस गरेका दुबै अध्यादेश जारी
– नेकपाको सचिवालय बैठकमा अध्यादेशबारे के कुरा भयो ?
– सचिवालय बैठकपछि प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगे

नागरिक जीवन संकटमा रहेको अवस्थामा सरकारले चालेको कदम र राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले यी सबै व्यवस्थालाई हठात उलंघन गरेको कांग्रेसको ठहर छ । यसले राजनैतिक स्थिरता र संवैधानिक नियुक्तिहरुमा साझा स्वामित्वको परिकल्पनाकमो व्यवस्थालाई समेत मिचेको कांग्रेसले बताएको छ ।

का्रगैसले यी विधेयक अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीत भएको भन्दै तत्काल फिर्ता लिन माग गरेको छ । साथै कांग्रेसले सरकारलाई अन्य सबै खेल भन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा सम्पूर्ण रुपले केन्द्रित हुन अपील गरेको छ ।