काठमाडौं– भारतीय राजदूतावासले जारी India@75‘आजादका अमृत महोत्सव’ अन्तर्गत सातौं अन्तर्राष्ट्रिय योग दिवसको कार्यक्रम सम्पन्न गरेको छ ।


ADVERTISEMENT


आइतबार भर्चुअल माध्यममार्फत ‘घर घरमा योग’ को नारासहित सम्पन्न सो कार्यक्रममा योगलाई स्तरिय ढंगबाट अभ्यास गर्ने हेतुले तयार पारिएको तथा भारत सरकार आयुष मन्त्रालयद्वारा स्वीकृत योगका विभिन्न ‘साझा योग अभ्यास प्रक्रिया’ का आशनहरु प्रर्दशन समेत गरिएको थियो ।


ADVERTISEMENT

# # #


योग गुरु श्री लोकनाथ खनालद्वारा प्रस्तुत गरिएको सो योग अभ्यास फेसबुकमार्फत पनि प्रत्यक्ष प्रसारण गरिएको थियो ।

यसबाहेक योगाचार्य श्री सुनील मानसँगको वर्तमान परिस्थितिमा विकराल रुपमा देखिएको ‘कोभिड–१९ को समयमा योगको औचित्यता’ बारे आवश्यक छलफलले समेत स्थान पाएको सो कार्यक्रम अझ ज्ञान उपयोगी बनाउने उद्देश्यले दूतावासले भर्चुअल रुपमै निबन्ध लेखन तथा भिडियो ब्लगिङ्ग प्रतियोगिता आयोजना गरिएको थियो ।

संयुक्त राष्ट्र संघको महासभाबाट सन् २०१४ मा मान्यता पाई सन् २०१५ देखि मनाउँदै आएको अन्तर्राष्ट्रिय योग दिवसको यस दिन उत्तरी गोलार्धमा वर्षको सबैभन्दा लामो दिन हुने भएकालेयसलाई विश्वका धेरै क्षेत्रहरुमा यो दिनको विशेष महत्वको रुपमा लिइन्छ ।

संयुक्त राष्ट्र संघलाई सम्बोधन गर्ने क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा त्यसयता प्रत्येक वर्षको जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन थालिएको हो ।