पोखरा – गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत विभिन्न योजनाका लागि बजेट बाँडफाँट गरेकी छन् । उनले चालु आर्थिक वर्ष २०७८÷७९ को निर्वाचन क्षेत्र नं २ (क) अन्तर्गत विभिन्न योजनाका लागि बजेट बाँडफाँट गरेका हुन् ।


ADVERTISEMENT


दुई करोड बजेट विभिन्न ३० योजनामा विनियोजन गरिएको उनले जानकारी दिइन् । शुक्लागण्डकी, म्याग्दे र व्यासका दुई वडा समेटिएको क्षेत्रमा विभिन्न योजनाका लागि बजेट बाँडफाँट गरिएको हो ।


ADVERTISEMENT

# # #


कार्यक्रमअन्तर्गत खेलमैदान निर्माण, टोल विकासको भवन निर्माण, सडक स्तरोन्नतिलगायतका योजनामा बजेट विनियोजन गरिएको छ । रासस