काठमाडौं – बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीको राष्ट्रिय पार्टी बन्ने सपना लगभग पूरा भएको छ । गोरखा १ मा माओवादीका नारायणकाजी श्रेष्ठलाई बाबुराम भट्टराईले पराजित गरेसंगै राष्ट्रिय पार्टी बन्ने बाटो खुलेको हो । यद्दपी समानुपातिकमा भने ३ पतिशत मत ल्याउन भने बाँकी नै छ ।


ADVERTISEMENT


निर्वाचनको सुरुदेखि नै चर्चामा रहेको गोरखा १ मा वाम गठबन्धनलाई फिक्का सावित गर्दै अन्ततः बाबुराम भट्टराई विजयी भएका छन । उनले माओवादीका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठलाई ६,८७४ मतान्तरले पराजित गरेका हुन् ।


ADVERTISEMENT

# # #


यस अघिका दुईवटै संविधान सभाका निर्वाचनमा पनि उनले माअोवादी केन्द्रका तर्फबाट भारी मतान्तरले चुनाव जितेका थिए ।

भट्टराईले ३१,८०७ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले २४,९३३ मत ल्याएका छन् ।

राष्ट्रिय पार्टी बन्नकालागि ३ पंतिशत थ्रेसहोल्ड लागू भएकाले प्रत्यक्षतर्फ एक सिट जित्न् पर्ने र देशभर खसेको कुल मतको ३ प्रतिशत ल्याउनु पर्ने प्रावधान रहेको छ । प्रत्यक्षतर्फ एक सिट नयाँ शक्तिले जितिसकेको छ ।

देशभर नै उम्मेदवार उठाएकाले ३ पतिशत मत पनि ल्याउने अनुमान गर्न सकिन्छ । त्यसका लागि नेपाली जनताले उनलाई दया देखाउँछन कि देखाउँदैनन् त्यो हेर्न बाँकी नै छ ।