काठमाडौँ– एसीसी अन्डर १६ इस्टर्न प्रतियोगिता अन्तर्गत दोश्रो खेलमा हङकङले नेपाललाई ८३ रनको चुनौती दिएको छ ।


ADVERTISEMENT


टेर्ड थाई मैदानमा जारि खेलमा टस जितेर ब्याटिंग गरेको हंगकंगले पहिलो इनिंगको समाप्तिमा ३५ ओभर ब्याटिंग गर्दै ९ विकेट गुमाई ८२ रन बनायो ।


ADVERTISEMENT

# # #


हङकङलाई ८२ रनमै सिमित गर्न नेपाली बलर प्रतिस जिसीले सर्बाधिक ३ विकेट हात पारे जुन क्रममा उनले ७ ओभरमा २ मेडन ओभर सहित १५ रन मात्रै खर्चिएका थिए। यस्तै अत्यन्त किफायती बलिंग गरेका अजय कुमार लुनियाले २ विकेट लिने क्रममा कुल ७ ओभर बलिंग गर्दै ५ मेडन ओभर सहित मात्र २ रन खर्चेका थिए। नारायण जोशी र निखिल कुमार सिंहले पनि १र१ विकेट हात पारे

प्रतिस जिसीले ३ विकेट हात पारे हङकङको लागि सातौ नम्बरमा ब्याटिङ गरेका आर्यन शरद शेट्टीले सर्बाधिक २४ रन बनाए जुन क्रममा २ छक्का र १ चौका प्रहार गरे। यस्तै कल्हन चल्लुले १६ तथा आरुष भागवतले १२ रन योगदान दिए।

नेपालले आफ्नो पहिलो खेलमा हिजो सोमबार थाईल्याण्डलाई १३३ रनले पराजित गरेको थियो। यस्तै हंगकंगले आफ्नो पहिलो खेलमा म्यानमारलाई २१२ रनले पराजित गरेको थियो।

अजय लुनियाले अत्यन्त किफायती बलिंग गरे । ८ टोलि सहभागी प्रतियोगितामा नेपाल समुह ‘ए’ मा हंगकंग, थाईल्याण्ड र म्यानमारसंगै रहेको छ।नेपालले १४ डिसेम्बरमा म्यानमारको सामना गर्नेछ। समुहमा उत्कृस्ट हुने २ टिम सेमीफाइनल पुग्नेछ। सेमीफाइनल १६ डिसेम्बर र फाइनल १७ डिसेम्बरमा खेलिनेछ। प्रतियोगिताका सबै खेलहरु ३५ ओभरको इनिंगमा खेलिनेछ।