काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसंग छलफल गरेका छन् ।
सोमबार बालुवाटारमा राष्ट्रिय मुद्दाहरुमा समान धारणा बनाएर अघि बढ्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
त्यस्तै संसदलाई प्रभावकारी बनाउँदै लैजाने, सहकारी प्रकरणमा गठन भएको संसदीय छानबिन समिति लगाएतका विषयमा पनि छलफल भएको बुझिएको छ । त्यसअघि प्रधानमन्त्री प्रचण्डले सोमबार नै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसंग पनि विभिन्न विषयमा छलफल गरेका थिए ।


























































