काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले मुलुकलाई अप्ठेरो पर्दा सबै राजनीतिक दलहरु एक भएर अघि बढ्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


बिहीबार सिंहदरबारमा मनुसन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धमा राजनीतिक दलसंग छलफल गर्दै लामिछानले राजनीतिक विपत्ति वा प्राकृतिक विपत्तिमा राजनीतिक दलहरु एकै ठाँउ उभिएको इतिहास रहेको भन्दै विपद व्यवस्थापनलाई चुस्त बनाउन पनि एक भएर अघि बढ्नुपर्ने बताए ।


ADVERTISEMENT

# # #


यसवर्ष मनसुनमा हुनसक्ने प्राकृतिक विपतबाट हुन सक्ने क्षतिको न्यूनीकरण गर्न एकमहिनादेखि नै पूर्वतयारी भइरहेको उनले जानकारी दिए । गृहमन्त्री लामिछानले राजनीतिक दलहरुसंग विपद व्यवस्थापनसम्बन्धी अनुभव भएकाले सरकारले सबैको अनुभवलाई संगै लिएर मनुसन पूर्वतयारी र क्षति न्यूनीकरण गर्ने धारणा राखे । उनले विपद् पर्दा एकै ठाँउ बस्न सक्ने गरि राजनीतिक दलका प्रतिनिधि सम्मीलित फोरम बनाउन आफू तयार रहेको बताए ।

बैठकमा कांग्रेस नेता मोहन बस्नेतले प्राकृतिक विपद्पछि एकद्वार नीति लागू गर्दा पीडितहरुले समयमा नै राहत पाउन सक्ने अवस्था नदेखिएको बताए । तर विपदपछि पुननिर्माणमा समयमा भने एकद्वार नीतिको आवश्यक रहेको उनको भनाइ छ ।

त्यस्तै राप्रपा सांसद ज्ञानबहादुर शाहीले बाढी पहिरोका कारण जमिन गुमेका नागरिकलाई अन्य स्थानमा जग्गा दिएर पुनर्वास गर्ने गरी कानुन बनाउन सुझाव दिए ।

त्यस्तै अन्य दलका नेताहरुले प्राकृतिक बिपतिबाट क्षतिको न्यूनिकरणसंगै त्यसपछिको अवस्थामा पीडितहरुको सहज जीवनयापनका लागि योजना बनाउनुपर्ने धारणा राखेका थिए