मोरङ – कोशी प्रदेश सरकारले ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश सभा बैठक बहिष्कार गरेको छ।


ADVERTISEMENT


बुधबार प्रदेश सभा बैठकमा सभामुख अम्बरबहादुर विष्टले आफ्ना कुरा राखिरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले बैठक बहिस्कार गर्ने बताएका थिए।


ADVERTISEMENT

# # #


बैठकमा प्रमुख सचेतक तामाङले प्रदेशको आर्थिक वर्ष २०८१/०८२ को बजेटअन्तर्गत रातोकिताबमा समाविष्ट योजनाहरुका विषयमा असन्तुष्टि जाहेर गरेका थिए। सरकारले ल्याएको बजेटअन्तर्गत रातोकिताबमा समान रुपमा योजना पर्न नसकेको जनाउँदै कांग्रेसले बैठक बहिष्कार गरेका प्रमुख सचेतक तामाङले सभामुखलाई जानकारी गराएका थिए।

बैठकमा प्रमुख सचेतक तामाङले भने, ‘बजेटबारे रातोकिताब हेर्दा लाज लाग्यो। विगत डेढ वर्षमा सातौं सरकार बनेको छ। सरकारको प्राथमिकता बजेट र वडास्तरको योजनामा सीमित देखियो। ८२/८३ वटा पूर्वाधारका बजेट एक–दुई पालिका केन्द्रित राखिएको छ। केही सीमितलाई लक्षित गरेर बजेट ल्याएको देखियो। के यही समानता हो?’

उनले थपे, ‘प्रदेश सभा सदस्य भए पनि वडाध्यक्ष सदस्यजस्तो आफ्नो क्षेत्रको सीमित केही पालिकामा योजना पार्नुभएको छ। रातो किताब हेरर लाज लाग्ने अवस्था सिर्जना भएको छ।’

उनले सातौं सरकार बनाइरहँदा जनताप्रति उत्तरदायी हुन नसकेको गुनासो गरे। उनले भने, ‘कार्यकारी रुपमा रहेका केही सांसदले रातोकिताबमा परेका योजनाहरुलाई सामाजिक सञ्जालमा राखेर आफूलाई के के न जितेजस्तो गरी प्रस्तुत गरेका छन्। विडम्बना, जनताबाट निर्वाचित भएका प्रतिनिधिहरुको अवस्था देखेर लाज लागेको छ।’

आर्थिक वर्ष २०८१/०८२ को बजेटअन्तर्गत रातोकितामा नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री जीवन आचार्य निर्वाचित मोरङ क्षेत्र नम्बर ६ को १ मा ४९ करोड ५१ लाख रुपैयाँ बराबरको ३२ वटा योजना परेको छ।