काठमाडौँ– निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको सुनुवाई केहि दिनका लागि रोकिएको छ ।


ADVERTISEMENT


सिंहदरबारमा बिहीबार बसेको संसदीय सुनुवाई समितिले उजुरीकर्तासँग छलफल गरेपछि सुनुवाईका लागि थप समय लिने निर्णय गरेको समिति सभापति पशुपतिशम्सेर जवराले जानकारी दिए ।


ADVERTISEMENT

# # #


प्रधानविरुद्ध चार वटा उजुरी परेकोमा समितिले बिहीबार उजुरीकर्तासंग छलफल गरेको थियो । उजुरीकर्ताको आग्रहमा गोपनियता कायम गरि गरिएको छलफलका क्रममा गम्भीर विषयहरु उठेकाले त्यसमा अध्ययन गर्न थप समय लिने र त्यसपछि मात्रै सुनुवाई गर्ने सभापति जवराले बताए ।

प्रधानविरुद्ध यौन दुव्र्यवहार लगायतका उजुरी परेका छन् । संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।