काठमाडौँ – निवर्तमान खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आफ्नो कार्यकालमा धेरै सुधारका काम गर्न नसकेपछि सवै कामको जिम्मेवारी आफुले लिने बताएका छन् ।
आइतबार सिंहदरबारमा आयोजित विदाइ कार्यक्रममा उनले राम्रा काम सबैको र नराम्रो जति कामको सबै जिम्मेवारी आफूले लिने बताएका हुन् । उनले आफ्नो कार्यकालमा भएका नीतिगत कुराहरु महत्वपूर्ण भएको जिकिर गरे ।
उनले भने, ‘नीति र ऐनका कुराहरु हाम्रो खास उपलब्धीहरु हुन्, यो कुरा आमनागरिकलाई बुझाउन सकिरहेका छैनौँ’ मन्त्री श्रेष्ठले खेलकुद क्षेत्रमा निकै अपेक्षा भएपनि त्यस अनुसारको काम गर्न नसकेको बताए ।



























































