काठमाडौँ– नवनियुक्त प्रधानमन्त्री केपी ओली शर्माले पद तथा गोपनियताको शपथ लिएका छन् ।


ADVERTISEMENT


शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।


ADVERTISEMENT

# # #


ओलीले शुक्रबार राति कांग्रेसका ८८ सांसदको समर्थनमा संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीको दाबी पेश गरेका थिए । कांग्रेस एमाले गठबन्धनलाई जसपा, जनमत पार्टी, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टीको समेत साथ छ ।

४५औँ प्रधानमन्त्रीका रूपमा नियुक्त भएका ओलीको सिंहदरबारमा योसहित चौथो इन्ट्री हो ।