काठमाडौं – सरकारले निमित्त मुख्यसचिव लिलादेवी गड्तौलालाई कायम मुकायम मुख्यसचिवको जिम्मेवारी दिएको छ ।
सोमबार बसेको केपी ओली नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले हाल निमित्त मुख्यसचिव रहेकी गड्तौलालाई कायममुकायम मुख्यसचिव बनाउने निर्णय गरेको हो ।
मुख्यसचिव डा.वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएपछि असार ९ गते निलम्बित भएका थिए । उनलाईलाई गत १० असारको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी मन्त्रिपरिषद् बैठकले सरुवा गरेको थियो ।
त्यसयता मुख्यसचिव पद रिक्त रहेको छ भने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का सचिव गड्तौलाले मुख्यसचि अर्यालको निलम्बनपछि वरिष्ठ सचिवको हैसियतले निमित्त मुख्यसचिको रुपमा काम गर्दै आएकी थिइन् ।



























































