काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ७५ दशमलव ३३ अङ्क अर्थात् तीन दशमलव ०३ प्रतिशतले बढेर दुई हजार पाँच सय ६३ दशमलव ४३ को बिन्दु कायम भएको हो ।


ADVERTISEMENT


आज तीन सय १७ कम्पनीको तीन करोड ९७ लाख ९० हजार आठ सय ८९ कित्ता शेयर एक लाख ७१ हजार तीन सय ८७ पटक खरिदबिक्री हुँदा रु १४ अर्ब ११ करोड ६३ लाख ३० हजार नौ सय ९५ बराबरको कारोबार भएको छ ।


ADVERTISEMENT

# # #


आजको कारोबारमा सबै समूहका उपसूचक हरियो देखिँदा सबैभन्दा धेरै व्यापार समूहको उपसूचक पाँच दशमलव ०६ र जीवन बीमा समूहको उपसूचक चार दशमलव ४५ प्रतिशतले बढेको छ । छ वटा कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । समृद्धि फाइनान्स कम्पनी लिमिटेड, बोटलर्स नेपाल (बालाजु) लिमिटेड, माण्डु हाइड्रोपावर लिमिटेड, हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड, नेपाल वायरहाउजिङ कम्पनी लिमिटेड र साहस ऊर्जा लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

सबैभन्दा धेरै शेयर मूल्य गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको घटेको छ । गणपतिको शेयर मूल्य पाँच दशमलव ८३ प्रतिशतले घटेको हो । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु २४ करोड ६९ लाख २३ हजार सात सय ९२ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा नबिल ब्यालेन्स फन्ड–२ को १६ लाख दुई हजार आठ सय ३५ बराबरको कारोबार भएको छ ।