काठमाडौँ – सांसदहरुले नेपालमा हवाई दुर्घटना रोक्नका लागि गम्भीर भएर अध्ययन गर्नका लागि सरकारलाई सुझाव दिएका छन् ।


ADVERTISEMENT


आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनीहरुले नेपालमा निरन्तर हवाई दुर्घटना हुने गरेको भन्दै देखिएका कमीकमजोरीको समाधानका लागि गम्भीर भएर अध्ययन गर्नका लागि सरकारलाई सुझाव दिएका हुन् । साथै उनीहरुले हवाइ दुर्घटना भएपछि बन्ने आयोगको प्रतिवेदन कार्यान्वयन हुन नसकेको आरोप समेत लगाएका छन् । बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो सौर्य एयरको विमान दुर्घटनापछि बनाइएको छानविन आयोगप्रति प्रश्न उठाए ।


ADVERTISEMENT

# # #


उनले जहाजलाई मर्मतका लागि लैजाने क्रममा अन्य व्यक्तिहरुलाई लानुपर्ने र मर्मतका लागि पोखरा बिमानस्थल नै जानुपर्ने कारण खोजिनुपर्ने धारणा राखे । सबैभन्दा सुरक्षित यातायात हवाइ उडान नेपालमा भने भयावह र असुरक्षित हुन थालेको भन्दै यसलाई सुरक्षित बनाउन सरकारले गम्भीर रुपमा अध्ययन गर्नुपर्ने बताए ।

त्यस्तै सांसद सांसद राजेन्द्र बजगाईँले नेपालमा हवाइ सेवा प्रदायक र नियमलाई छुट्टाछुट्टै बनाउनुपर्ने बताए । नेपालको हवाइसेवाको सुधारका लागि सरकार गम्भीर नहुने हो भने थप अवस्था जटिल हुने उनले बताए ।

त्यस्तै सांसद सुनिता बरालले पटक पटकका घटनाक्रमले अहिलेको नियमक निकायका बारेमा सोच्न गम्भीर हुनुपर्ने अवस्था आएका उल्लेख गरिन् । हवाइ क्षेत्रका सम्बन्धी निकायहरुलाई नीतिगत रुपमा नै ध्यानाकर्षण गराउन जरुरी देखिएको भन्दै उनले सरकारले गम्भीर भएका हवाइ क्षेत्रका बारेमा आवश्यक सुधारका काम गर्नुपर्नेमा जोड दिइन् ।

बुधबार सौर्य एअरलाइन्सको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको मृत्यु भएको हो । मर्मतका लागि पोखरा उड्न लागेको उक्त जहाज त्रिभुवन बिमानस्थलमा दुर्घटना भएपछि बिभिन्न कोणबाट टिकाटिप्पणीहरु भइरहेका छन् भने सरकारले दुर्घटनाको अध्ययन गर्न जाँचबुझ आयोग समेत गठन गरेको छ ।