काठमाडौँ – काठमाडौंमा‌ जारी काभा महिला नेसन्स लिग भलिबल च्याम्पियनसिपमा नेपाल इरानसंग पराजित भएको छ ।


ADVERTISEMENT


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कभर्ड हलमा आइतबार भएको रोमाञ्चक खेलमा इरानले नेपाललाई ३–२ को सेटमा पराजित गरेको हो । खेलमा इरान २५–१६, १६–२५, २५–२३, १५–२५, १५–२३ ले बिजयी भयो ।


ADVERTISEMENT

# # #


त्यसअघि आइतबार नै भएको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई ३–० को‌ सोझो‌ सेटमा पराजित गर्यो । खेलमा श्रीलंकाले माल्दिभ्सलाई २५–२२,२५–१२,२५–१२ लाई हराएको हो । तेस्रो हारसँगै माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ ।

श्रीलंकासहित भारत, नेपाल र इरान प्रतियोगिता सेमिफाइनल पुगेका छन् । लिग चरणका अन्तिम खेल सोमबार हुनेछ । काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपाल, इरान, भारत, श्रीलंका र माल्दिभ्स सहभागी छन् । राउन्ड रोविन लिगपछि अंक तालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रो बीच मंगलबार सेमिफाइनल हुनेछ । फाइनल र तेस्रो स्थानको खेल बुधबार हुने नेपाल भलिवल संघले जनाएको छ ।