काठमाडौँ – काठमाडौँ महानगरपालिका–७ कालोपुलमा २० वर्षीय प्रेम महत दर्जीको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमतीसहित दुई जनालाई पक्राउ गरेको छ । महतको आज विहान हत्या भएको प्रहरीको भनाइ छ ।


ADVERTISEMENT


पक्राउ पर्नेमा ओखलढुङ्गा मानेभञ्जयाङ गाउँपालिका–९ माधबपुर घर भएकी २४ वर्षीया उषा नेपाली तथा सोही ठाउँका २७ वर्षीय मदन रम्तेल रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले भने, “आज कालोपुलस्थित दयालक्ष्मी महर्जनको घरमा कोठा भाडामा लिई एक महिनादेखि बस्दै आएका श्रीमान श्रीमतीमध्ये पुरुष २० वर्षीय प्रेम महत दर्जी मृत अवस्थामा फेला परेकाले मृतकको श्रीमती उषा सार्की र मदन रम्तेललाई पक्राउ गरिएको हो ।”

घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।