काठमाडौँ– सानिमा बैंकको लाभांश क्षमता १०.४० रहेको छ ।
बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई १०.४० प्रतिशत लाभांश दिने क्षमता राखेको छ । वित्तीय विवरण लेखापरिक्षण हुने बेला भने यो तथ्यांक फरक पर्न सक्छ ।
सानिमा बैंकको नाफा भने अघिल्लो वर्षको तुलनामा घटेको छ । बैंकले गत आर्थिक वर्षमा २ अर्ब ३८ करोड नाफा गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा २ अर्ब ६० करोड रहेको थियो ।
बैंकको मुख्य आम्दानीमा रहने ब्याज आम्दानी घटेको कारण नाफा घटेको हो । बैंकको खुद खराब कर्जा अनुपात ०.५१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ०.६३ प्रतिशत रहेको थियो ।



























































