काठमाडौँ– कांग्रेसका सभापति देउवाले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याएपछि विश्वका लागि पनि अनुकरणीय बन्ने बताएका छन् ।
बुधवार कार्यदलले प्रतिवेदन बसझाएपछि प्रतिक्रिया दिदैँ उनले कानून कार्यान्वयनमा पनि सहमतिका साथ अघि बढ्नुपर्ने धारणा सुनाए ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहजीकरणका लागि गठित राजनीतिक दलको कार्यदलले तयार पारेको सहमतिसहितको प्रतिवेदन आज शीर्ष नेतालाई बुझाइएको छ ।



























































