काठमाडौँ– माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले टिआरसी सहमति नयाँ सरकार गठनपछिको राम्रो काम भएको बताएका छन् ।
कार्यदलले प्रतिवेदन बुझाएपछि अब प्रक्रियाबाट संसदको समिति र सदनमा लगेर टुंग्याउनुपर्नेमा समेत उनले जोड दिए ।
उनले भने, ‘कार्यदलले सहमति जुटाएको छ । लामो समयदेखि छलफलमा रहेको सहमतिको नजिक पुगेर पनि निष्कर्षमा पुग्न कठिन भएको थियो । पीडितमैत्री बनाउने हाम्रो कोसिस त थियो नै । शान्ति, स्थिरताको पक्षमा हुनेहरूलाई यो खुसी हो । नयाँ सरकार बनेपछि यो राम्रो काम हो भन्ने ठानेको छु, मैले प्रधानमन्त्रीको रूपमा बालुवाटारमा यसलाई निष्कर्षमा पुर्याउनुपर्छ भनेर कार्यदलको प्रस्ताव गरिएको थियो ।’
विगतदेखि नै सहमतिको प्रयास गरिएको स्मरण गर्दै उनले प्रतिवेदनलाई संसदको वैधानिक प्रक्रियाबाट टुङ्गो लगाइ नेपालीमाझ शान्ति, स्थायित्व र विकासका सन्देश जानुपर्ने उनको भनाई छ ।



























































