काठमाडौँ – उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधान संशोधन गरेर जनताको अधिकार खोस्न खोजेको भन्ने प्रचारमा सत्यता नभएको बताएका छन् ।
श्री नेवाः सम्पर्क समूह रामेछापको ३१ र्औ साधारणसभालाई सोमबार काठमाडौंमा उद्घाटन गर्दै सिंहले कांग्रेस–एमाले जनताको अधिकारको लागि लडेको दल भएको भन्दै जनताको अधिकार हनन नगर्ने स्पष्ट पारे ।
लामो समय मुलुक अस्थीरताबाट गुर्जि्र्रएकाले राजनीतिक स्थायित्व दिनको लागि कांग्रेस एमालेसँग मिलेको उनले बताए । उनले सरकार बनेपछि अर्थतन्त्रलाई लयमा ल्याउन सकारात्मक प्रयास भइरहेको जिकिर गरे ।
सिंहले छिटै देशमा केही परिवर्तन भएको महशुस हुने दावी समेत गरे ।


























































