मोरङ – मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित ७ जनालाई पक्राउ गरेको छ।


ADVERTISEMENT


सुनसरीको बराहक्षेत्र नगरपालिका–१ गुप्तबराहमा बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको कार र मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरीले कारभित्र लुकाएर राखिएको ४१८ किलो गाँजा बरामद गरेको छ।


ADVERTISEMENT

# # #


गाँजासहित कार चालक धरान–१३ का ३४ वर्षीय थमन राई, ओखलढुङ्गा मानेभञ्ज्याङ–५ की २२ वर्षीया जिवनी राई तथा मोटरसाइकल चालक मोरङ कटहरी–३ का २६ वर्षीय अमर कामत र सोही स्थानका ३८ वर्षीय शंकर चौधरी पक्राउ परेका छन्।

यस्तै, धरान–११ स्थित रिटिङ टोलबाट प्रहरीले ९३० मिलिग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान–११ का ३२ वर्षीय उमेश कार्की, ३३ वर्षीय रुद्र मगर र धरान–१६ की २४ वर्षीया स्वास्तिका गुरुङ रहेका छन्।

पक्राउ परेकामाथि सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।