काठमाडौँ – ‘मदन पुरस्कार २०८०’ मोहन मैनालीको कृति ‘मुकाम रणमैदान’ले जितेको छ । मदन पुरस्कार गुठीले मैनालीको ऐतिहासिक एवम् अनुसन्धानात्मक कृति ‘मुकाम रणमैदान : नेपाल–अंग्रेज युद्धको वखान’लाई दिने निर्णय गरेको हो ।


ADVERTISEMENT


गुठीले मदन पुरस्कारका लागि प्राप्त भएका ३०४ मध्ये ५ कृतिलाई मदन पुरस्कारका लागि उत्कृष्टा ५ को सूचिमा राखेको थियो । जसबाटै मैनालीको ‘मुकाम रणमैदान’ले जितेको हो । उत्कृष्ट ५ मा भक्त स्याङ्तानको ‘डम्फुको आत्मालाप’, मोहन मैनालीको ‘मुकाम रणमैदान’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’लाई छनोट गरेको थियो ।


ADVERTISEMENT

# # #


यस्तै गुठीले प्रा.डा योगेन्द्र प्रसाद यादवलाई २०८० को जगदम्बा श्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । ‘नेपालका भाषाहरुको पहिचान, संरक्षण र अध्ययन अनुसन्धानमा निरन्तर समर्पित भइ गहकिलो योगदान गरेको’ भन्दै गुठीले यादवलाई उक्त पुरस्कार अर्पण गर्ने निर्णय गरिएको जनाएको छ ।

गुठीले विसं २०१३ सालदेखि प्रत्येक वर्ष उत्कृष्ट कृतिलाई मदन पुरस्कार प्रदान गर्दै आएको छ ।