कलैया– बारामा ६९ हजार नौ सय ६३ हेक्टर जमिनमध्ये कुल ६२ हजार आठ सय २३ हेक्टर जमिनमा खेती हुने गरेको छ ।


ADVERTISEMENT


कृषि ज्ञान केन्द्र प्रमुख राजनारायण साहले खेती गरिएको जमिनमध्ये तराईतर्फ ६१ हजार आठ सय २८ हेक्टर र चुरे पहाडतर्फ नौ सय ९५ हेक्टरमा विभिन्न प्रकारका खेतीबाली हुने गरेको बताए ।


ADVERTISEMENT

# # #


कार्यालयका कृषि प्रचार अधिकृत रामजीवन ठाकुरले कृषियोग्य जमिनमध्ये तराईतर्फ ६ हजार ६८२ हेक्टर र चुरे पहाडतर्फ चार सय ५८ सहित सात हजार १४० हेक्टर जमिन बाँझो रहेको जानकारी दिए ।