काठमाडौँ– क्यानडामा आयोजना हुने विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको छ ।


ADVERTISEMENT


नेपाल क्रिकेट संघ(क्यान) ले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको हो । क्यानले रोहितकुमार पौडेलको कप्तानीमा सोमवार १६ सदस्यीय टोलीको घोषणा समेत गरिसकेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् ।


ADVERTISEMENT

# # #


बिदाइकार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले सवै खेलाडीले आफ्नो भूमिकालाई बुझ्दै राम्रो क्रिकेट खेल्ने बताउनुभयो । उहाले नेपाली टीमका लागि भएको प्रशिक्षण पनि राम्रो भएकाले नजिता पनि राम्रो आउने दाबी गरे ।

त्यस्तै नेपाली टोलीका लेगस्पीनर सन्दीप लामिछाने अहिलको सिरिज निकै महत्वपूर्ण भएकाले राम्रो खेल देखाउने बताए । नेपालको एकदिवसीय खेलमा करिव एकबर्षपछि फर्कने मौका पाएको भन्दै उनले यसको सदूपयोग गर्ने उनको भनाइ छ ।

त्यस्तै क्रिकेट संघका सचिव पारस खड्काले लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न जाने टोली दुईमहिना देश बाहिर रहने र क्यानडामा एकदिवसीय म्याच सकिएपछि टि ट्वान्टी सिरिज हुने जानकारी दिए । नेपाल बाहिरको एकदिवसीय क्रिकेटको रेकर्डलाई थप उत्कृष्ट बनाउने उहाको विश्वास छ । खड्काले क्यानडामा लिग टूको सिरिज खेलेपछि नेपाली टोली अमेरिका जाने भन्दै आवश्यक सबै तयारी पूरा भएको जानकारी दिए । सन्दीप लामिछानेको अमेरिकाको भिसाका बिषयमा सकारात्मक सिग्नल आएको उनको भनाइ छ ।

त्रिकोणात्मक एकदिवसीय सिरिज भदौ ३१ देखि असोज १० सम्म हुनेछ । त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालको पहिलो खेल भदौ ३१ गते क्यानडासँग र दोस्रो खेल असोज २ गते ओमानसँग रहेका ेछ । तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध रहेको छ । एकदिवसीय सिरिज सकिएको २ दिन पछि सोहि टोलीबीचमा टि ट्वान्टी आई सिरिज हुने क्यानले जनाएको छ ।