काठमाडौं- राष्ट्रिय सुरक्षा परिषद्ले सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावनालाई कायम गर्न प्रभावकारी रुपमा कार्यसम्पादन गर्ने गराउने निर्णय गरेको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार बसेको सुरक्षा परिषद्को ४३ औं बैठकले सुनसरीमा भएको घटनाको समीक्षा गर्दै आगामी दिनमा यस्ता घटना घट्न नदिनका लागि सवै सुरक्षा निकाय तथा प्रदेश सरकार, स्थानीय तह र अन्य सरोकारवाला निकायहरूको समन्वयमा सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावनालाई कायम गर्दै प्रभावकारी रुपमा कार्यसम्पादन गर्ने गराउने निर्णय भएको परिषद्का सदस्य सचिव एवं रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


बैठकमा राष्ट्रिय, अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा स्थिति तथा समसामयिक घटनाहरूको गम्भीर विश्लेषण र समीक्षा गरिएको बताएका छन्।

साथै बिपद् प्रतिकार्यका लागि सम्बन्धित निकायहरुबीच समन्वय गरी समयमा नै खोज, उद्दार र राहतका कार्यहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय भएको सदस्यसचिव शर्माले जानकारी दिएका छन् ।