काठमाडौँ– कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन बस्ने भनेर तोकिएको स्थानलाई जिल्ला प्रशासन कार्यालय मोरङले निषेधित क्षेत्र घोषणा गरेको छ ।


ADVERTISEMENT


दिउँसो साढे १ बजे सूचना प्रकाशन गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले आज दिउँसो ३ बजेदेखि लागु हुने गरी निषेधित क्षेत्र घोषणा गरेको हो।


ADVERTISEMENT

# # #


जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेश सभा भवन आसपासमा पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पतालको चोक क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आसपासमा रोडशेष चोकदेखि दक्षिण जतुवा चोक क्षेत्र, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटर क्षेत्र, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि ३०० मिटर क्षेत्र र जिल्ला प्रशासन कार्यालय, मोरङको डाँफे चोकदेखि पूर्वको भाग अर्को व्यवस्था नभएसम्मका लागि निषेधित क्षेत्र तोकेको छ ।

कार्कीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष विभिन्न ९ वटा माग राख्दै आजदेखि आमरण अनसन बस्ने तयारी थालेका थिए । उनले दश वर्ष मुनिका बालबालिकाकाका लागि विशिष्टीकृत सेवासहित निःशुल्क उपचार कार्यक्रम नियमित गर्नुपर्ने, बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति लिनुपर्ने, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन गर्नुपर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने एवम् जनावरमैत्री जंगल निर्माण गर्नुपर्नेलगायतका माग गरेका छन् ।