काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहालले कांग्रेस उपसभापति धनराज गुरुङको ‘सहकारी सम्बन्धबिच्छेद’ भएको टिप्पणी गरेका छन् ।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै दाहालले गुरुङ केहि समयअघि सम्बन्धबिच्छेद भएको भनिएको श्रीमतिसंग देखिएको भन्दै गुरुङको ‘सहकारी सम्बन्धबिच्छेद’ भएको बताएका हुन् ।
१४ करोड पचाउनका लागि मात्रै गुरुङले कानूनी रुपमा सम्बन्धबिच्छेद गरेको उनले आरोप छ । दाहालले सहकारी ठगी प्रकरणमा गुरुङको संलग्नता देखिएकाले अनुसन्धान हुनुपर्ने बताए ।
उनले सहकारी छानविन समितिमा सहकारी ठगिसम्बन्धी प्रयाप्त प्रमाणहरु जुटेको भन्दै कारवाहीका लागि सिफरिस गरिने जनाए । छानविन समितिका सदस्य समेत रहेका दाहालले कसैलाई जोगाउने वा फसाउने नियत नराखि अन्तिम प्रतिवेदन तयार गर्ने जानकारी दिए ।


























































