काठमाडौँ– नेकपा माअोवादी केन्द्रले १२ भदौमा नेकपा एमालेका सांसद योगेश भट्टराईले माओवादी जनयुद्वलाई दिएको ‘हिंसा’ शब्दको संज्ञा रेकर्डबाट नहटाउने निर्णयको विरोध गरेका छन् ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख घिमिरेले एमाले सांसद भट्टराईले प्रयोग गरेको हिंसा भन्ने शब्द असंसदीय नभएकाले रेकर्डबाट हटाउन नपर्ने निर्णय सुनाएपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सभामुखको निर्णय गलत भएको बताए ।
पाण्डेले संविधानभन्दा बाहिर जाने छुट कसैलाई नभएको बताउदैँ यसमा आएको माओवादीले विरोध गर्ने सुनाए। उनले भने, ‘यो बेठिक भएको छ। संविधान भन्दा माथि अरु कोही हुँदैन। यसरीनै संविधान र शान्ति प्रक्रियाको विपरित शब्द प्रयोग गर्दै जान मिल्दैन ।’ साथै उनले सांसद भट्टराईको नियतमा प्रश्न समेत उठाए ।
त्यसपछि सभामुखले एमाले नेता रघुजी पन्तलाई बोल्न दिएर यस विषयमा वादविवाद नगरौं भन्दै बोल्न नदिएपछि माओवादी सांसदहरु सिटबाट उठेर संसद अवरोध गरेका हुन् ।



























































