काठमाडौँ– प्रतिनिधि सभा बैठक भदौ ३० गते सम्मका लागि स्थागित भएको छ ।
प्रतिनिधिसभा फेरि उल्झिँदा माओवादी सशस्त्र द्वन्द्व ‘हिंसा’ थियो कि ‘जनयुद्ध’ भन्ने विवादमा सदनको नियमित कारबाही अवरुद्ध भएको हो ।
भदौ १२ गतेको बैठकमा एमाले सांसद योगेश भट्टराईले माओवादी हिंसाका कारण जलविद्युत आयोजनाहरूको काम अघि बढ्न नसकेको अभिव्यक्ति दिएपछि जनयुद्वलाई ‘हिंसा’ भनेपछि आपत्ति जनाएको माओवादीले सो शब्द रेकर्डबाट हटाउन माग राख्दै आएका थिए ।
त्यसक्रममा सभामुख देवराज घिमिरेले संसद सचिवालयलाई सो शब्द संसदीय मर्यादाभित्र पर्ने वा नगर्ने छानबिन गर्न निर्देशन दिएका घिमिरेले आजको बैठका ‘हिंसा’ शब्द असंसदिय नरहेकाले हटाउन नपर्ने निर्णय सुनाएका पछि प्रमुख प्रतिपक्षी दल त्यसको विरोधमा उत्रिएका थिए ।
माओवादीका सांसदले सभामुखको रुलिङ अश्वीकार गरेपछि सदनको अन्य कार्यसूची अघि बढ्न सकेन । यस विषयमा माओवादी–एमालेका सांसदहरूबीच आरोप– प्रत्यारोप चलेपछि सभामुखले भदौ ३० गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेको जानकारी गराएका हुन् ।



























































