काठमाडौँ – “हरेक नेपाली शेयरधनी” भन्ने नारालाई आत्मसात गर्दै आएको गरिमा क्यापिटल लिमिटेडले चाडपर्वलक्षित “बम्पर दशैँ तिहार अफर” सञ्चालनमा ल्याएको छ । कम्पानीले बडा दशैँ शुभ दिपावली तथा छठ पर्वलाई लक्षित गरीे असोज १ गते देखि कार्तिक ३० गतेसम्मका लागी “बम्पर दशैँ तिहार अफर” आयोजना ल्याएको हो ।
उक्त योजना अन्तर्गत गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरोशेयर खाता खोल्दा, लक्की ड्र मार्फत भाग्यशाली ३ जना ग्राहकवर्गहरुले स्मार्ट वाच जित्न सकिनेछ । यसको लागि असोज १ गते देखि कार्तिक ३० गतेसम्म क्यापिटलमा नयाँ डिम्याट र मेरोशेयर खाता खोल्नुपर्ने कम्पीको शर्त छ ।
ग्राहकहरुले यो अफर अन्तर्गत खाता खोल्न कमलपोखरी, काठमाडौँस्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु र गरिमा क्यापिटल लिमिटेडको वेवसाईट www.garimacapital.com मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सक्नेछन् । यो योजना अन्तर्गत https://ckyc.cdsc.com.np/login लिङ्कमा गई सिधै अनलाइन डिम्याट र मेरोशेयर खाता खोल्न सकिने कम्पनीको भनाई छ ।
साथै थप जानकारीको लागि कार्यालयको ल्याण्डलाईन नं. ०१-४५२९१४९/५०, ५९७०१७५ र मोबाईल नम्बर ९८४७३७९१०८ मा समेत सोझै सम्पर्क गर्न सकिने जनाएको छ । क्यापिटलको सामाजिक सञ्जालहरु जस्तैः ँबअभदययप, क्ष्लकतबनचबm मार्फत जानकारी लिन पनि सकिने कम्पनीको भनाई छ ।



























































