काठमाडोँ– राष्ट्रिय मुक्ति क्रान्ति नेपाल समेत संलग्न रहेको वृहत् मोर्चाले विशाल विरोध प्रदर्शन गरेको छ ।
विभिन्न माग राख्दै आज बृहत् मोर्चाले विशाल माइतीघर मण्डलामा विरोध प्रदर्शनको आयोजना गरेको हो ।
प्रर्दनमा गैरन्यायिक सडक तथा खोलाको मापदण्ड खारेज गर, बहुलराष्ट्रिय राज्य कायम गर, असोज तीन कालो दिन, दलित अभियानको माग पुरा गर, भ्रष्ट्राचारीलाई कार्वाही गर, सहकारी पीडितलाई न्याय दे, नेपाः मण्डल कायम गर, स्वदेशवाद जिन्दावाद, राष्ट्रिय मुक्ति क्रान्ति नेपाल जिन्दावाद लगायतको नारा लगाइएको थियो।
कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल का अध्यक्ष राजेन्द्र महतो, सुमन सायमी, जुनतारा पुन मगर, बुद्ध छिरिङ मोक्तान , रबिन्द्र कुमार श्रेष्ठ , जितेन्द्र बज्राचार्य, गोपाल किराँती, कुशलव केसी लगायतका वक्ताहरुले आफ्ना भनाईहरु राखेका थिए।
राजेन्द्र महतो, सुमन सायमी, केशव झा, रबिन्द्र कुमार श्रेष्ठ , राजिव झा, पुर्व मन्त्री राम नरेश राय, पुर्व मन्त्री ॐ प्रकाश गुल्जारी लगायत सबै सडकमा सुतेर उपत्यकावासीलाई घरबारविहिन बनाउने फैसलाको विरोध जनाए ।
प्रदर्शनको क्रममा प्रदर्शनकारीले संविधान जलाउदैँ संविधानको विरोध समेत गरेका छन् ।
प्रदर्शनका केही झलकहरु









































































