काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले विधिको शासनमा कुनै सम्झौता गर्दैन भन्ने विश्वास जनतालाई गराउनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


सोमबार काठमाडौंमा राष्ट्र बैंक कर्मचारीहरुको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै थापाले जनतालाई सरकार भएको महशुस हुनुपर्ने र विधिको शासनका कुनै सम्झौता गर्दै भन्ने विश्वास जनतालाई गराउनुपर्ने बताएका हुन् । उनले भने, ‘सरकारले विधिको शासन कायम गराउन कुनै सम्झौता गर्दै भन्नेभन्ने कुराको विश्वास जनतालाई गराउनुपर्ने छ र सरकार जिम्मेवार छ र कोहीसँग पूर्वाग्रह राख्दैन भन्ने कुरा महसुस गराउनुपर्ने छ ।’


ADVERTISEMENT

# # #


महामन्त्री  थापाले सहकारी प्रकरणमा बचतकर्ताको रकम फिर्ता गर्नका लागि सरकारले काम अघि बढाउनुपर्ने धारणा राखे । सहकारी ठगि गर्नेहरुको सम्पती बेचेर भएपनि सानो बचतकर्ताको रकम फिर्ता गर्ने काम सुरु गर्नुपर्ने उनले बताए ।

महामन्त्री थापाले सहकारी प्रकरणमा दोषी देखिएका सबैलाई कारवाही गर्नुपर्ने भन्दै उनले संसदीय छानबिन समितिको प्रतिवेदन पूर्णरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उनले सहकारी ठगीमा नाम जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान गर्न सरकारलाई सुझाव दिए । ‘अहिले चर्चा चलेको छ, काँग्रेस उपसभापति धनराज गुरुङको संलग्नताको सम्बन्धमा समितिमा छलफल भयो, बहस भयो, थप अनुसन्धान गर्नुपर्छ । नेकपा एमालेका ऋषिकेश पोखरेलको नाम आयो । सरकारले अनुसन्धान गर्नुपर्छ’ उनले भने, ‘अनुसन्धान गर्ने मात्रै होइन, गल्ती गरेको छ भने दण्ड पनि दिनुपर्छ ।’

जुनसुकै दलका नेता भए पनि अनुसन्धानमा गल्ती देखिए कारवाही गर्न सरकार पछि हट्न नहुने उनले बताए ।