काठमाडौँ– मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको हो ।


ADVERTISEMENT


प्रसाईंको फेसबुक पेजबाट हिजो एक अफवाहजन्य भिडिओ रिपोर्ट सार्वजनिक गरिएको थियो । त्यसैकारण उनलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले जनाए ।


ADVERTISEMENT

# # #


प्रसाईँमाथि थप अनुसन्धान गर्ने बताउदैँ प्रमुख थापाले भने, ‘सामाजिक सन्जालमार्फत् अफवाह फैलाउनेहरुमाथि हाम्रो सधैं निगरानी रहन्छ । त्यही क्रममा प्रारम्भिक अध्ययन गरेर नियन्त्रणमा लिएका हौं ।’

उनीमाथि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ ।