काठमाडौँ– मुक्तिनाथ विकास बैंकको कोष प्रवद्र्धनको म्युचुअल फन्ड मंसिर २० देखि खुलाउने भएको छ ।
कम्पनीले एक विज्ञप्तिमार्फत सो जानकारी दिएको हो । ‘मुक्तिनाथ म्युचुअल फन्ड १’ मा लगानी गर्न इच्छुकले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् ।
अंकित मूल्य प्रतिइकाइ १० रुपैयाँका दरले कुल १० करोड इकाइ निष्कासन हुनेछ। जसमध्ये कोष प्रवद्र्धक र योजना व्यवस्थापकलाई छुट्याएर बाँकी रहेको ८ करोड ५० लाख इकाइ सार्वजनकि निष्कासन हुनेछ ।
सर्वसाधारणले छिटोमा मंसिर २४ गतेसम्म आवेदन दिन सक्नेछन् । १० वर्षे अवधिको यस बन्दमुखी योजनामा न्यूनतम १ सय इकाइ अर्थात् १ हजार रुपैयाँ लगानी गर्न सकिनेछ ।
अधिकतम् १ करोड इकाइ खरिद गर्न सकिने मुक्तिनाथ क्यापिटलले जनाएको छ । बन्दमुखी योजना भएकाले यो सेयर बजारमा सूचीकृत भइ कारोबार हुनेछ ।



























































