काठमाडौँ– लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबारबाट देशव्यापीरुपमा शुरु भएको छ ।
‘हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यका लागि ऐक्यवद्धता भन्ने नाराका साथ १६ दिने अभियान शुरु भएको हो ।
१६ दिने अभियानका क्रममा लैंगिक हिंसा विरुद्ध बिभिन्न संस्थाले महिला तथा बालिकामाथि भएको विभेद र हिंसाबारे प्रतिकात्मक नाटक प्रदर्शनी, हिंसाको विश्लेषणात्मक पुस्तक अन्वेषी सार्वजनिक र सरोकारवाला पक्षहरूसँग बृहत् भेला र देशभर गोष्ठीलगायत कार्यक्रम गर्ने जनाइएका छन् ।
अभियानका क्रममा बिराटनगरमा सोमबार बिहान प्रभातफेरी गरिएको छ । प्रभातफेरीमा हिंसा त्यागौं, माया बाडौं, लैंगिक विभेद अन्त्यका लागि हातेमालो गरौं, जस्ता विभिन्न नाराहरु सहित प्लेकार्ड बोकेर सहभागीहरुले नगरपरिक्रमा गरेका थिए ।
विराटनगर महानगरपालिकाले आयोजना गरेको प्रभातफेरीमा विभिन्न मन्त्रालयका प्रतिनिधीहरु, सरकारी कार्यालयका प्रतिनिधीहरु, पालिकाका वडाध्यक्षहरु, मानव अधिकारकर्र्मीहरु, विभिन्न गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरु लगाएत सहभागी थिए ।
लैङ्गिक रूपमा हुने हिंसा नियन्त्रणको लागि विश्वव्यापी अभियानको रूपमा लिइने यो दिवस मंसिर १० देखि सुरु भएर मंसिर २५ अर्थात् नोभेम्वर २५ देखि डिसेम्बर १० सम्म मनाइने गरिन्छ ।



























































