काठमाडौँ– नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले विआरआईलाई अनुदानमा अघि बढाउनुपर्ने बताएका छन् ।
सोमबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै देउवाले विआरआईलाई ऋणमा नभइ अनुदानमा अघि बढाउनुपर्ने पार्टीको निर्णय रहेको बताएका हुन् ।
उनले भारतका साथै चीन पनि मित्रराष्ट्र भएकाले प्रधानमन्त्री चीन भ्रमणमा जानु सकारात्मक कुरा भएको धारणा राखे । प्रधानमन्त्री चीन भ्रमण सफल हुने देउवाको विश्वास छ ।
उनले अहिलेको सरकारलाई सहज रुपमा अघि बढाउन काग्रेसको पूर्ण साथ र समर्थन रहेको स्पष्ट पारे ।



























































