विराटनगर– कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी प्रहरी हिरासतबाट रिहा भएका छन् ।


ADVERTISEMENT


मानव तस्करीको आरोपमा पक्राउ परेका अधिकारी १६ दिनको हिरासतपछि रिहा भएका हुन् । उनलाई पत्नी पृथ्वी बस्नेतको जिम्मा लगाइएर छोडिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।


ADVERTISEMENT

# # #


सरकारी वकिल कार्यालय काठमाडौँले उनी विरुद्ध मुद्दा नचलाउने निर्णय भएको पत्र प्रहरी परिसरमा पठाएपछि सोमबार साँझै रिहा भएका हुन् । सरकारी वकिल कार्यालयका प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता सिताराम अर्यालले अधिकारी विरुद्ध मुद्दा नचलाउने निर्णय भएको बताए ।

मानव तस्करी मुद्दामा कात्तिक २५ गते पक्राउ परेका मन्त्री अधिकारीमाथि पदको दुरुपयोग गर्दै गैरकानुनी तरिकाले केहि व्यक्तिहरु जापान पुर्‍याउन खोजेको आरोप लागेको थियो । उनीकोशी मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नै नलिई जापान उडेका थिए।

तर त्यहाँको अध्यागमनले मन्त्री अधिकारीसहित उनीसँगै गएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटालाई डिपोर्ट गरेपछि यो प्रकरणको सार्वजनिक भएको थियो। डिपोर्ट भएपछि उनले नैतिकताका आधारमा भन्दै पदबाट राजीनामा दिएका थिए।

उनलाई २४ कार्तिकमा एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो ।