काठमाडौँ– श्रीमानबाट घरेलु हिंसामा परेको दाबी गर्दै आएकी विनु यादवले सर्वोच्च अदालतको गेटमा भएको बोर्डमा कालो रङ छ्यापेकी छन् ।


ADVERTISEMENT


बाइकमार्फत सर्वाेच्चसम्म पुगेकी उनले आज सर्वाेच्चको गेटमै कालो रङ छ्यापेकी हुन् । उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई सिंहदरबार वृत्तमा लगिएको छ ।


ADVERTISEMENT

# # #


विनुले प्रदर्शन गर्ने पूर्वसूचना पाएपछि सिंहदरबार वृत्तका डीएसपीसहितको प्रहरी टोली सर्वोच्च परिसरमै थियो । तर, विनुले प्रहरीको आँखा छल्दै मोटरसाइकलबाट उत्रिनासाथ एउटा बोतलमा ल्याएको कालो रंग सर्वोच्चको बोर्डमा फ्याँक्न सफल भइन् ।

कालो रङका कारण ‘सर्वोच्च अदालत’ लेखिएको बोर्ड पूर्णरूपमा विरूप बनेको छ ।