काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न ओमनका पूर्वकप्तान जिशान मक्सुद नेपाल आइपुगेका छन् ।


ADVERTISEMENT


कर्णाली याक्समा अनुबन्ध भएका मक्सुद बिहीबार नेपाल आइपुगेका हुन् ।


ADVERTISEMENT

# # #


उनलाई कर्णाली याक्सका मालिक झनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए । सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले ४ विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ ।

जसमा वाल्टन र हायातसहित भारतीय चर्चित क्रिकेटर शिखर धवन, ओमनका पूर्वकप्तान जिशान मक्सुद र पाकिस्तान हुनेस तलात समेत रहेका छन् ।