काठमाडौँ – प्रधान सेनापति अशोक राज सिग्देल भारत भ्रमणमा जाने भएका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा प्रधान सेनापति सिग्देलले मंसिर २६ गतेदेखि मंसिर २९ गतेसम्म भारतको भ्रमण गर्ने भएका हुन् ।


ADVERTISEMENT


प्रधान सेनापति सिग्देलको यो पहिलो विदेश भ्रमण हो । उनलाई भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्ने भएकी छन् । भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले उच्च पदस्थ पदाधिकारीहरूसँग भेटघाट गर्नेछन् । साथै उनी भारतीय मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रुपमा समेत सहभागिता जनाउने नेपाली सेनाले जनाएको छ ।


ADVERTISEMENT

# # #


नेपाल र भारतका सेनापति पदबहाली भएपछि एक अर्काको देशको समेत मानार्थ सेनापति रहने प्रचलन रहेको छ । यसअघि भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर ६ गते नेपाली सेनाको मानार्थ महारथीयको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।