काठमाडौँ – वर्तमान समयमा प्रविधिले मानव जीवनका हरेक क्रियाकलापहरुमा व्यापक रुपमा प्रभाव पारिरहेको छ । विश्वका हरेक सरकार, निजी क्षेत्र हुन् वा व्यक्ति स्वयम्, आफ्ना लक्षित समुदायसम्म पुग्नका लागि प्रविधिकै भरपुर उपयोग गरिरहेका छन् ।


ADVERTISEMENT


यसको प्रयोगले कार्यसम्पादनलाई प्रवाकारी बनाउन मात्रै होइन, सेवा प्रवाहमा पनि क्रान्तिकारी परिवर्तन ल्याइरहेको छ । नेपालको बैँकिङ क्षेत्रमा पनि यसको प्रयोग र विस्तार व्यापक रुपमा रहेको छ । आफ्ना ग्राहकहरुलाई उत्कृष्ट, भरपर्दो तथा विश्वसनीय सेवा प्रवाह गर्न सिटिजन्स बैँकले प्रविधिको भरपुर प्रयोग गर्दै आएको छ ।


ADVERTISEMENT

# # #


सिटिजन्स बैँक लिमिटेडले आफ्ना कारोबारहरुलाई प्रविधिमैत्री बनाउन विभिन्न किसिमका क्रियाकलाप गर्नुका साथै ग्राहकलाई प्रविधिमा अभ्यस्त पार्न विभिन्न किसिमका आकर्षक प्याकेज र सेवाहरु ल्याइरहेको छ । बैँकले यसलाई थप प्रभावकारी बनाउन हालै ‘डिजिटल फिक्स्ड डिपोजिट’नामक सेवा ल्याएको छ ।

मुद्दति खातामा रकम जम्मा गर्न ग्राहकलाई बैँकको शाखामा जानुपर्ने, लामो समय प्रतीक्षा गर्नुपर्ने र कागजी प्रक्रियाका झण्झट लगायतका समस्याहरू झेल्नुपर्ने बाध्यता थियो । तर, ‘डिजिटल फिक्स्ड डिपोजिट’ सेवाले ती सबै समस्याको समाधान गरिदिने सिटिजन्स बैँकले जनाएको छ ।

कसरी लिने सेवा ?

सिटिजन्स बैँकको ‘डिजिटल फिक्स्ड डिपोजिट’ सेवा लिन चाहने ग्राहकले सिटिजन्स बैँकको मोबाइल बैँकिङ एपमार्फत सजिलै सेवा लिन सक्नेछन् । जुन २४सै घण्टा उपलब्ध रहेको बैँकले जनाएको छ । यसले ग्राहकहरु बैँकमा गएर लाइन लागेर सेवा लिनुपर्ने अवस्थाको अन्त्य गरिदिएको छ ।

के छन् फाइदा ?

बैँकका डिपोजिट मार्केटिङ प्रमुख पारस विक्रम राणाका अनुसार डिजिटल रुपमा राखिएको निक्षपको विवरण ग्राहकले आफ्नो इमेलमा र मोबाइल बैँकिङमा प्राप्त गर्नेछन् । राणाले भने, ‘यो खाताको विशेषता भनेको अन्य साधारण निक्षेप खाताको भन्दा डिजिटल फिक्स्ड डिपोजिटमा राख्दा ०.२५ प्रतिशत ब्याज बढी पाइन्छ ।’ यदि कुनै ग्राहकले बैँकको शाखामा गएर साधारण निक्षेप खाता खोलेमा वार्षिक ५.५० प्रतिशत ब्याजदर पाइन्छ भने डिजिटल फिक्स्ड डिपोजिट वार्षिक ५.६५ प्रतिशत ब्याज पाइन्छ ।

‘डिजिटल फिक्स्ड डिपोजिट’ खातामा जम्मा गर्दा न्यूनतम १० हजार रुपैयाँ अवश्यक पर्छ । त्यो भन्दा माथि ५ करोड रुपैयाँसम्म जम्मा गर्न सकिने राणाले बताए । खातामा उक्त रकम भने एक वर्षका लागि राख्नुपर्ने हुन्छ । जसको ब्याजदर ग्राहकले प्रत्येक महिनामा प्राप्त गर्नसक्छन् ।