काठमाडौँ– नेपाली कांग्रेसले बीआरआईका सन्दर्भमा ऋण स्वीकार नगर्ने पार्टीको धारणा कायमै रहेको जनाएको छ ।


ADVERTISEMENT


पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बीआरआईलाई ऋण नभइ अनुदानमा अघि बढाउनुपर्ने भन्दै त्यसैका आधारमा परियोजना अघि बढाउनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले चीनमात्रै नभई अन्य राष्ट्रहरुसंग पनि ऋण नभइ अनुदानसहितको सर्तमामात्रै आयोजनाहरु अघि बढाउनुपर्नेमा बैठकको जोड गरेको जिकिर गरे । बीआरआईका विषयमा चीनसंग सरकारले गरेको सहमतिहरु अनुदानमा नै अघि बढ्ने विश्वास रहेको महतले बतााए ।

बैठकले भ्रातृ संगठनहरुको अधिवेशन चैतभित्र गर्न निर्देशन दिएको र तरुण दल र किसान संघले अधिवेशनको काम अघि बढाइसकेको अवस्थामा अधिवेशन सम्पन्न गर्नका लागि विधानमा व्यवस्था भएका केही विषय परिमार्जनसहित पारित गरेको उनको भनाई छ ।

बैठकले कोषाध्यक्षमा उमेश श्रेष्ठलाई मनोनित गर्ने निर्णय अनुमोदन गरेको छ भने समानुपातिकतर्फको रिक्त गण्डकी प्रदेशसभा सांसद पदमा सुनिता थापालाई बनाउने निर्णय गरेको प्रवक्ता महतले जनाए ।