काठमाडौँ – नेपाली काँग्रेसले गण्डकीमा समानुपातिकतर्फ रिक्त रहेको प्रदेशसभा सदस्यमा सुनिता थापालाई सिफारिस गरेको छ ।


ADVERTISEMENT


काँग्रेसले आदिवासी जनजाति महिला क्लष्टरको पाँचौँ नम्बरमा रहेकी थापाको नाम अघि सारेको हो । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले थापालाई सांसद बनाउने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।


ADVERTISEMENT

# # #


प्रवक्ता महतले भने, ‘रिक्त पदमा निर्वाचन आयोगले निर्देशन गरे बमोजिम त्यो समानुपातिक पदलाई पूर्ति गर्न क्रम अनुसार नै स्याङ्जाकी सुनिता थापालाई पठाउने गरी नाम अनुमोदन गरिएको छ ।’

गण्डकीकी प्रदेशसभा सदस्य विमला गौचनको हृदयघातका कारण निधन भएपछि उक्त पद रिक्त थियो ।

स्याङ्जा चापाकोटकी थापा अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि पैरवी गर्दै आएकी छिन् । उनी आफै पनि श्रवण शक्ति कम भएकी व्यक्ति हुन् । सँधै आफूसँग दोभाषे लिएर हिंड्ने थापा ७ वर्षदेखि कांग्रेसको राजनीतिमा सक्रिय थापासँग अपांगताको क्षेत्रमा काम गरेको १४ वर्षको अनुभव छ । उनले शिक्षाशास्त्र संकायमा स्नातकसम्म अध्ययन गरेकी छन् ।

उनले आफू प्रदेशसभामा अन्तर्राष्ट्रिय समुदायबाट सिकेका सिकाईहरु कार्यान्वयन गर्ने बताइन् । प्रदेशसभामा आफ्नो प्रतिनिधित्व पार्टीका लागि समेत उपलब्धीको विषय रहेको उनको भनाई छ ।

उनी भन्छिन्, ‘लागि र मेरो लागि पनि उपलब्धि हो । अपांगता भएका व्यक्तिको पक्षमा मावाज उठाउँछु ।’ संसदका बैठकहरुमा अपाङ्गता भएका व्यक्तिहरुले समेत बुझ्न सक्ने गरी दोभाषेको व्यवस्था हुनुपर्ने उनको भनाई छ ।

‘दोभाषे राख्नका लागि पहिलेदेखि नै माग गर्दै आएको हो, थापाले भनिन्, ‘पहिले संस्थागत रुपमा कुरा उठाउथे । अहिले बहिरा व्यक्ति ने सांसद बनेपछि सांकेतिक दोभासे राख्नुपन्यो ।’ उनले थपिन्, ‘यो त खुसीको कुरा हो । अपांगता भएका व्यक्ति संसदमा नपुग्दा आवाज दबिएका छन् । म सबैको आवाज उठाउँछु ।’