काठमाडौँ – स्वास्थ्यमन्त्री प्रदीप पौडेलले औषधि विधेयकको मस्यौदा तयार गरी सदनमा पेश गर्ने तयारी भएको जानकारी दिएका छन् ।


ADVERTISEMENT


सिहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री पौडेलले औषधिका विषयहरुलाई कानुन रुपमा समेट्नका लागि औषधि विधेयकको मस्यौदा तयार गरी सदनमा पेश गर्ने तयारी गरिएको जानकारी दिए । उत्पादनका सन्दर्भमा स्वदेशमा १७३ प्रकारका औषधि उत्पादन गर्ने कम्पनी रहेको र उक्त कम्पनीमार्फत ५० प्रतिशत आवश्यकता पूर्ति हुने गरेको उनले बताए ।


ADVERTISEMENT

# # #


मन्त्री पौडेलले बाँकी ५० प्रतिशत औषधिहरु आयात गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे । उनले २०७२ सालमा ९६ वटा औषधिको अधिकतम मूल्य सूची सरकारले तोकेको र त्यसबाहेकका औषधिहरुको मूल्य निर्धारण हुन नसकेको बताए । नेपालमा प्रयोग हुने सवै औषधिहरुको मूल्य निर्धारण गर्न जरुरी रहेकाले त्यसको गृहकार्य भइरहेको तथा सरकारी अस्पतालमा रहेका फार्मेसीमा औषधिको मूल्य सूची टाँस्न सरकारले निर्देशन समेत दिइसकेको उनको भनाइ छ ।

बैठकमा समिति सदस्यहरुले सवै प्रकारका औषधि सरकारी अस्पताभित्रैबाट सहज रुपमा उपलव्ध भएर बिरामीहरु ठगिने क्रम रोकिने धारणा राखेका थिए । साथै उनीहरुले औषधिहरुको मूल्य निर्धारणमा ध्यान दिन पनि सुझाव दिएका छन् ।