काठमाडौँ– तेलुगु सुपरस्टार अल्लु अर्जुन पक्राउ परेका छन् ।


ADVERTISEMENT


डिसेम्बर ४ मा हैदराबादको एक हलमा फिल्म ‘पुष्पा २’ को प्रदर्शनको क्रममा चलेको भागदौडको घटनासँग सम्बन्धित रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको इण्डियन एक्सप्रेसले जनाएको छ ।


ADVERTISEMENT

# # #


इण्डियन एक्सप्रेसका अनुसार, इअल्लु अर्जुनलाई चिक्कडपल्ली प्रहरी थानाको टोलीले शुक्रवार हिरासतमा लिएको छ, जहाँ मुद्दा दर्ता गरिएको थियो । उक्त भाग दौडमा ३९ वर्षीया एक महिलाको मृत्यु भएको थियो भने उनका छोरा गम्भीर घाइते भएका थिए।

प्रहरीले सन्ध्या थिएटरको व्यवस्थापन, कलाकार र उनको सुरक्षा टोलीविरुद्ध मुद्दा दायर गरेको थियो । अधिकारीहरूले उक्त हलमा प्रिमियर समारोह हुँदैछ भनेर पूर्वसूचना समेत नदिइएको बताइएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको र दोषी पाइए कानुनअनुसार कारबाही गरिने जनाएको छ ।