काठमाडौँ– एन आई सी एशिया लिमिटेड लघुवित्त उद्यमीहरुको व्यावसायिक सपना साकार बनाउने सारथी बनेको छ ।
संस्थाले ‘साथीसंगै सबल बन्दै’ भन्ने मुल नाराका साथ आफ्नो शाखा कार्यालय चौवन्नी बजार,लम्कीचुहा, दुर्गाफेंट, र बडिचौरस्थित ३ दिने आधारभूत बाख्रापालन तथा बेमौसमी तरकारी खेती तालिम प्रवाह गरेको छ ।
संस्थामा लघुवित्त कार्यक्रम अन्तर्गत समूहमा आवद्ध भएका सदस्य तथा सदस्यको अभिभावकहरुको उद्यमशीलता प्रवर्द्धन, व्यावसायिक ज्ञान, सीप सम्बन्धी क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम उक्त प्रदेशका प्रदेश प्रमुखरउपप्रदेशका अनुगमन प्रमुखरशाखाका शाखा प्रमुखको उपस्थितिमा उद्घाटन गरी सुरुवात गरेको हो ।
तालिममा विगत लामो समयदेखि अनुभव र ज्ञान प्राप्त प्रशिक्षकहरुले पशुपालन तथा तरकारी खेती सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान सीप प्रदान गरे । यसका साथै पशुपालन गर्दा गाईभैंसीको उचित हेरचाह, खानपान, रोग प्रतिरोधात्मक उपाय, उत्पादन वृद्धिमा ध्यान पुऱ्याउनु पर्ने तथा तरकारी बाली लगाउदा उचित विउ विजन, किटनाशक औषधी, व्याड तयार गर्ने तरिका जस्ता कुराहरुमा विशेष जानकारी गराए ।
पेशा व्यवसाय सम्बन्धी साधारण लेखा व्यवस्थापन, व्यावसायिक योजना सम्बन्धी आधारभूत ज्ञान प्रदान गर्दै व्यावसायिक रुपमा पशुपालन गर्न प्रोत्साहितपनि तालिममार्फत गरिएको थियो । आफ्नो दिगा व्यवसाय वृद्धिका लागि उक्त व्यवसायको आय–व्ययलाई प्रभावकारी रूपमा लेखा जोखा गर्नु अपरिहार्य रहेको प्रशिक्षणकर्ताको भनाई छ ।
कार्यक्रमको अवधिमा सहभागीहरुले आधारभूत व्यवसायिक ज्ञान सीप मात्र सीमित नभई आत्मनिर्भर बन्दै घरेलु आम्दानीका सिप, स्वरोजगार एवम् सामान्य पशुपालनका जानकारी लगायतका जानकारी हासिल गरे । साथै, सहभागीहरुले आधुनिक पशुपालन तथा बेमौसमी तरकारी खेती सम्बन्धी प्राविधिक ज्ञान सीप, उत्पादनको बजार व्यवस्थापन, साधारण व्यावसायिक योजना, लेखा व्यवस्थापन तथा उद्यमशीलता सम्बन्धी व्यावसायिक आधारभूत ज्ञान सिप सिक्ने अवसर प्राप्त गरेका थिए ।
यसैगरि, तालिममा विशेषगरीः हरेक घरपरिवारले कुनै न कुनै व्यवसाय सञ्चालन गर्न सके सबैको घर परिवारमा स्वःरोजगार सिर्जना भई विस्तारै लघुउद्यम तर्फ विकास हुन पुग्दछ । जसले गर्दा अन्ततः देशको आर्थिक सामाजिक विकास तथा गरीवि न्यूनीकरणमा लघुवित्तको ठूलो योगदान पुग्ने महिलाहरुमा लघुउद्यमी बनी आत्मनिर्भर भई समृद्ध सुखि र खुसि परिवार बनाउन सकिन्छ भन्ने सन्देश दिइएको थियो ।
कार्य्रकमलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले संस्थाले देशै भरी रहेका सम्पूर्ण शाखाहरुमा आवद्ध सदस्य तथा सदस्यका अभिभावकलाई समेत क्रमशः आधारभूत तथा व्यावसायिक तालिममा सहभागी गराई लघुउद्यमी निर्माण गर्दै जाने योजना रहेको जानकारी गराए ।
सदस्यलाई यस प्रकारको तालिम दिँदा संस्थाको खर्च नभई लगानी हुने र यसले अन्ततः वित्तीय संस्था सदस्य दुवैलाई फाइदा पुग्ने उनले बताए । ‘जसले गर्दा वित्तीय संस्थाको कार्यक्रमको दीगोपना र सदस्यहरुको घर घरमा उद्यमशिलताको संस्कार बन्न गई आय आर्जनमा वृद्धि हुन जाने हुँदा संस्था र सदस्यको सम्बन्धमा आत्मीयता बढ्न गई सुमधुर सम्बन्ध स्थापित हुन पुग्दछ’, उनले भने ।
यस प्रकारका कार्यक्रम आयोजना गर्दै जाँदा सदस्यहरुको संस्था प्रति र संस्थाको सदस्य प्रतिको विश्वास झन बढ्न जाने कुरामा विश्वस्त रहेको उनले जनाए ।
कार्यक्रममा विशेषतः चौवन्नी बजार, लम्कीचुहा दुर्गाफेंट, र बडिचौर शाखा अन्तर्गत सामान्य रूपमा पशुपालन तथा तरकारी खेती गरिरहेका १५२ जना महिला र पुरुष सेवाग्राही सदस्यहरूको सहभागिता रहेको थियो ।